वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
जनकपुरधाम, कार्तिक २९ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भोज खाने विषयमा विवाद हुँदा धनुषामा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेका थिए । उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार












