नयाँ दल दर्ता गर्ने समय आज सकिँदै, कति दल दर्ता भए ?
काठमाडौँ, कार्तिक ३० । निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने समयावधि आज सकिँदैछ ।
आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने समय आज साँझसम्मका लागि तोकेको थियो ।
आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार












