सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न
काठमाडौँ ३० कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको चौविसौं वार्षिक साधारण सभा कार्तिक ३० गते काठमाडौँमा सम्पन्न् भएको छ ।
काठमाडौं स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र) मा ५ प्रतिशत बराबरको रु. सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार
















