आजको मौसम : यी दुई प्रदेशका केही स्थानमा आंशिक बदली
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












