देउवा, प्रचण्ड र खड्का निवासको खरानीमा पैसाको अवशेष, यस्तो छ फरेन्सिक रिपोर्ट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस नेता दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष भेटिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागण्का अनुसार खरानीको फरेन्सिक रिपोर्ट जाँच गर्दा पैसाको अवशेष प्राप्त भएको हो ।
जेनजी आन्दोदलनका क्रममा जलाइएका ती घरको खरानी सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो । त्यसको रिपोर्ट केही दिनअघि प्राप्त भए पनि विभागले सार्वजनिक गरेको छैन ।
यो रिपोर्टपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा देउवा, उनकी पत्नी आरजु देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए । नागरिकमा खबर छ ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












