नेपाल बैंकले मनायो को ८९ औं वार्षिकोत्स



काठमाडौँ १ मङ्सिर । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गर्नुभएको थियो ।

नेपालभर २ सय ३१ शाखा, २ सय ३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

करिव १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरि सुरक्षास्थितीको प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्