दुर्गा प्रसाईँ मध्यरातमा घरबाटै पक्राउ
काठमाडौं । दुर्गा प्रसाईँ सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।
ऋण मिनाहा लगायतका माग राखी आन्दोलनको तयारीमा रहेका प्रसाईलाई प्रहरीले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको हो । उनले यही मंसिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












