करिव १६ अंकले बढ्यो नेप्से



काठमाडौं, मंसिर २
मंगलवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बजार बन्द हुँदा १५.७० अंकले बढेको छ । नेप्से ०.६१ प्रतिशतले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ ।

दोस्रो दिन पनि नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको छ ।

१३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको छ । उक्त समूह १.२८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्