प्रधानमन्त्री कार्कीले आज आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै
काठमाडौं, मंसिर २ । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।
दलहरुलाई आसन्न निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे छलफलको लागि बोलाइएको हो ।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग र जेनजी (युवा)का प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेकी छन् ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












