एनएमबि बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले लभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको हो ।
मंसिर ५ गते बसेको संचालक समितिको बैठकले यो वर्ष हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार
















