लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य



काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाए ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदा गरे ।

लुम्बिनीका गुल्बदिन नैबले ११ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन–तीन विकेट लिए ।

त्यस्तै हेमन्त धामी दुई विकेट लिँदा स्कट गुग्गलेइनले एक विकेट लिए ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्