बालेन शाहलाई पितृशोक



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई पितृशोक परेको छ । शाहाका बुवा रामनारायण शाहको केही समय अघि निधन भएको छ ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

भुलबस तस्बिर अन्यथा पर्न गएकोमा सच्चाइएको छ । सम्पादक

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्