पश्चिमी वायुको प्रभाव : यी स्थानमा आंशिक बदली हुने
काठमाडौं । हाल पश्चिमी वायुको प्रभावका कारण आज देशका केही स्थानमा आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ ।
विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली भूभागको एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार












