राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्तिमार्फत विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिसमक्ष पुगेका विधेयक प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












