दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
दार्चुला, मंसिर २१ । दार्चुला ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार












