प्रत्यक्षतर्फ एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि आयोगले यस्तै निर्देशन जारी गरेको थियो । तर राजनीतिक दलहरूले निर्देशन अवज्ञा गरेका थिए ।

समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउँदा कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला समावेश गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा छ ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्