नेपाल क्लियरिङ्ग हाउसको वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले चौधौँ वार्षिक साधारण सभा ३ पुस गते काठमाडांैमा सम्पन्न गरेको छ ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु. १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५सय बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।

आ.व. २०८१–८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७ प्रतिशतले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशतले वृद्धी भएको छ ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी तथा फाइनान्स कम्पनीहरुबाट प्रतिनिधित्व गर्दै आई.सि.एफ.सि. फाइनान्स लि.का नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसी निर्वाचित हुनुभएको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

वार्षिक साधारण सभाबाट नेपाल पे कार्डको क्लोज युजर ग्रुप पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुइ वटा बैंक वित्तीय संस्था मार्फत इस्यूइङ्ग तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङ्गको कार्य सुरु भएको छ ।

एनसीएचएलले आफ्नो पुनः लगानीको अवधारणा अनुरुप नेपालमा विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै डिजिटल भुक्तानीको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्