नेपाल बैंकको ‘टप अप गरौँ बोनस पाऔँ’ अभियान



काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी ‘टप अप गरौँ बोनस पाऔँ’ अभियान सुरु गरेको छ ।

एफ वन सफ्ट इन्टरनेशनलको सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पुस महिनाभरि लागु हुनेगरी यो अभियान सञ्चालन गरेको हो ।

अभियान अवधिभर २ सय वा सो भन्दा माथिको रकम एनबिएल मौवाइल बैकिंग एप मार्फत् टप अप गर्ने ८० जनालाई एक सय रुपैयाका दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २ सय ३१ शखा, २ सय ३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्