काराकागारबाट रिहापछि रविले आज चितवनमा सम्बोधन गर्दै
काठमाडौं । कारागारबाट धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा सम्बोधन गर्ने भएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । उक्त सम्बोनपछि लामिछाने दिउँसो काठमाडौँ फर्किनेछन् ।
उनले काठमाडौँ फर्किएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम तय भएको प्रवक्ता झाले बताए ।
उनका अनुसार आइतबार दिउँसो ३ बजे सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार












