सभापति देउवाले आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै



काठमाडौँ, पुस ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

देउवाले बिहान ९ बजे आफ्नै निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।

छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ ।

कांग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्