सांग्रिला बैंकको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौँमा सोमबार सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब पचपन्न करोड बैसठ्ठी लाख पचपन्न हजार सात सय उन्नाईस रुपैयाँ पचपन्न पैसाको ५.३५८३ प्रतिशत अर्थात् उन्नाईस करोड पाँच लाख त्रीपन्न हजार छ सय छब्बीस रूपैयाँ तीस पैसा बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात सत्र करोड अठहत्तर लाख बाह्र हजार सात सय पचासी रुपैयाँ अन्ठानब्बे पैसा बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब त्रीयत्तर करोड चालीस लाख अढ्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ त्रीपन्न पैसा पुग्ने भएको छ ।
साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार
















