सिद्धार्थ बैंकको वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ ।
उक्त अफर डिसेम्बर २५ देखि जनवरी २३ सम्म ३० दिन सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्घ शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगैै डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।
यस योजनाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार
















