पूर्वगृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै



काठमाडौँ, पुस १४ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा बयान दिन आज जाँचबुझ आयोगमा जाँदैछन् ।

आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो ।

आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्