रवि, बालेन र कुलमानबीचको वार्ता निष्कर्षविहीन, छलफल जारी रहने



काठमाडौँ, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले आइतबार पुनः सुरु भएको छलफल निष्कर्षविहीन बनेको छ ।

आइतबार साँझ रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा वार्ता भएको थियो ।

छलफल राति अबेरसम्म चले पनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा वार्ता विफल भएको बताइएको छ । संवादको सम्भावना भने अझै समाप्त भइसकेको छैन । सोमबार बिहान पुनः छलफल गर्ने सहमति भएको छ ।

सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्