म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो



काठमाडौं, बैशाख ४

इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो ।

खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गरे । प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १-० ले पराजित गर्‍यो ।

खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले निर्णायक गोल गरेका हुन् । रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ७१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News