आज अमेरिकासँग अभ्यास खेल खेल्दै नेपाल



काठमाडौं । नेपाली क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोट खेल्नुअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्बेसँग प्रि सिरिज खेल्न लागेको हो ।

जसअन्तर्गत आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । नेपालले शुक्रबार स्कटल्याण्ड र आगामी आइतबार जिम्माब्बेसँग खेल्नेछ।

अर्को सातादेखि नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको टिमसँग खेल्न लागेको छ।

बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको सिनियर टिमले पहिलो पटक नेपालमा खेल्नेछन् । कुनै पनि टेस्ट राष्ट्रको राष्ट्रिय टिमले नेपालमा खेल्न लागेको यो पहिलो पटक हुनेछ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्