आइपिएलमा हैदरावादले जित्यो, पञ्जाब ३ रले पराजित


 


काठमाण्डौ, वैशाख ५

इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार रातिको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । रोमाञ्चक खेलमा उसले आफ्नो घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबलाई ६ रनले हरायो ।

५ खेलमा तेश्रो जित हात पारेको हैदरावाद तेश्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाब भने ४ अंकसहित पाँचौ स्थानमा छ । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका मनन् बोहोराले ५० बलमा ९० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले ९ चौका र ५ छक्का हानेका थिए । बोहोर पछि धेरै रन बनाउनेमा इयान मोर्गन रहे । उनले १७ बलमा जम्मा १३ रन मात्र बनाए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए ।

टस हारेर पनि पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि डेबिड वार्नरले नट आउट ७० रन बनाए । ५४ बल खेलेका उनले ७ चौका र २ छक्का हाने । नमन ओझाले २० बलमा ३४ रन बनाए ।

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्