एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको छ ।

२०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहक महानुभावहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

‘ग्राहक महानुभावहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नुहुनेछ । बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

बैंकले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्