अमेरिकाले गर्यो नेपालसहित ७५ देशलाई आप्रवासी भिसा स्थगित (सूचीसहित)



एजेन्सी । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ ।

यी हुन् प्रभावित देशहरूको सूची :
१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा र बारबुडा
५. अर्मेनिया
६. अजरबैजान
७. बहामास
८. बंगलादेश
९. बार्बाडोस
१०. बेलारुस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. बर्मा (म्यानमार)
१६. कम्बोडिया
१७. क्यामरुन
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कंगो
२१. क्युबा
२२. डोमिनिका
२३. इजिप्ट
२४. एरिट्रिया
२५. इथियोपिया
२६. फिजी
२७. गाम्बिया
२८. जर्जिया
२९. घाना
३०. ग्रेनाडा
३१. ग्वाटेमाला
३२. गिनी
३३. हाइटी
३४. इरान
३५. इराक
३६. आइभोरी कोस्ट
३७. जमैका
३८. जोर्डन
३९. काजाकिस्तान
४०. कोसोभो
४१. कुवेत
४२. किर्गिस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुआ
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. गणतन्त्र कंगो
५७. रुस
५८. रुवाण्डा
५९. सेन्ट किट्स र नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स
६२. सेनेगल
६३. सियरा लियोन
६४. सोमालिया
६५. दक्षिण सुडान
६६. सुडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्याण्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरुग्वे
७४. उज्वेकिस्तान
७५. यमन

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्