सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, माघ १ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा १ हजार ५०० रुपैयाँ घट्दै प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार
















