गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो तथा छाप
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ माघ १ गतेदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।
विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत गत कार्तिक २७ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो ।
परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ् सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार
















