नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य



काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । घरेलु टोली नेपाल निर्धारित २० ओभरमा १ सय २२ रन बनाएर अलआउट हुन पुग्यो ।

ओपनर सम्झना खड्का ११ बलमा ६ चौकाको सहयोगमा २६ रन बनाएर क्याच आउट भइन् । यस्तै। अर्की अपरन विन्दु रावल ४४ रनमा आउट भइन् । ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो । उनी आउट भएपछि नेपालको खेलको लय बिग्रन पुग्यो ।

यस्तै, रुविना क्षेत्रीले १० बलमा २ छक्का र १ चौका प्रहार गरी १७ रन बनाउँदै पेभेलियन फर्किइन् । पूजा महतो १२ रन, इन्दु बर्मा ६ रनमा क्याच आउट हुँदा कविता कुँवर २ रनमा रनआउट हुन पुगिन् । यस्तै, सीता रानामगर शून्य रनमा नै आउट हुँदा रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा नै आउट भइन् । काजल श्रेष्ठ भने २ रनमा अविजित रहिन् ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्