गुजरातले कोलकातालाई चार विकेटले हरायो



काठमाण्डौ, वैशाख ९

इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट आइपिएल अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । कोलकातामा भएको खेलमा गुरातले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो ।

कोलकाताले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य गुजरातले १० बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान सुरेश रैनाले सर्वाधिक ८४ रन बनाए भने बे्रण्डन म्याकुलमले ३३ तथा अरोन फिन्चले ३१ रन बनाए ।

कोलकाताका कुलदीप यादव र नाथन नाइलले समान दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकोताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

उसका लागि रोबिन उथप्पाले सर्वाधिक ७२, सुनील नारिनले ४२, कप्तान गौतम गाम्भिरले ३३ तथा मनिष पाण्डेले २४ रन बनाएका थिए । ६ खेलमा चारमा जित निकालेको दोस्रो स्थानको कोलकाताको ८ अंक छ भने ६ खेलमा दोस्रो जित निकालेको गुजरातको चार अंक भएको छ र उ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News