नेपाल बैंक लिमिटेडको “Link, Load & Withdraw – Win Rewards via Khalti” अभियान सञ्चालनमा
काठमाडौँ । नेपाल बैंक लिमिटेडले“Link, Load & Withdraw – Win Rewards via Khalti”अभियान सञ्चालनमा ल्याएको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती बाइ आइएमइको सहकार्यमा बैंककोे ब्राण्ड प्रवर्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी यो अभियान सञ्चालनमा ल्याएको हो ।
यो अभियान बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरीएको छ ।
सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंक गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई चलचित्रको टिकट वा खल्ती प्रो सब्सक्रिप्सन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही पन्ध्र हजार रुपैया पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार
















