भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु



काठमाडौं । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना भएको छ ।

डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले जानकारी दिएको छ ।

सञ्चार माध्यमका अनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन करिब २०० फिट गहिरो खाडलमा खसेको थियो ।

दुर्घटनापछि सेना र प्रहरीले संयुक्त उद्धार अभियान सुरु गरी शव निकाल्ने र घाइतेहरूको उपचार गर्ने काम गरिरहेको छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्