मधेस प्रदेशमा २३६ मत खस्यो
जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म २३६ मत खसेको छ ।
जसमा प्रदेशसभातर्फ महिला ३१ र पुरुष ३९ गरी ७० मत खसेको छ । स्थानीय तहबाट पुरुष ८५ र महिला ८१ गरी १६६ मत खसेको छ ।
मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार
















