युगान्डामा भोजपुरे युवाको हत्या


 


काठमाडाैं, वैशाख १०

अफ्रिकी मुलुक युगान्डामा भाेजपुरका एक युवाको हत्या भएकाे छ ।  युगान्डाको कागुम्बा सुगर फार्म कामुलीमा सुपर्भाइजरको रुपमा कार्यरत षडानन्द नगरपालिका केउरेनीपानीका ३६ बर्षिय सिताराम बुढााथोकीको  हत्या भएको  हाे ।

बुढाथाेकीकाे नाम पासपाेर्टमा भने पोस्ट बहादुर रहेको  छ । कम्पनीमा कार्यरत कामदारहरुबिचको झडप भएकाे थियाे । उत्क झडपमा परी बुढाथाेकीकाे ज्यान गएकाे एनआरएनए युगान्डाका अध्यक्ष रमेश कंडेलले जानकारी दिए ।

प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्