बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी



काठमाडौं, बैशाख १०
इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई ४-० ले हरायो ।

बोर्नमाउथको जितमा योशुआ किङ, बेनिक एफोबे, मार्क पुग र चार्ली ड्यानिएल्सले गोल गरे । अर्को खेलमा हल सिटीले वाट्फोर्ड तथा स्वान्सी सिटीले स्टोक सिटीलाई समान २–० ले हराएका छन् ।

१० खेलाडीमा सीमित भएको हल सिटीको जितमा मार्कोविध र क्लुकासले गोल गरे । यस्तै स्वान्सी सिटीको जितमा फर्नान्डो लोरेन्टे र टम कारोल्सले गोल गरे ।

अर्को खेलमा वेष्ट ह्याम र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि एभर्टन आर्सनललाई पछि पार्दै छैठौं स्थानमा उक्लिएको छ । उसको ५८ अंक भएको छ भने आर्सनलको ५७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News