इजरायली हवाई हमलामा गाजामा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु



एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको हो ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मारिनेहरूमा बालबालिका र महिलाहरू रहेको बताएको छ । दक्षिणी शहर खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिइरहेको पालमा हवाई प्रहार भएको हो ।

यी हमलाहरूलाई चार महिनाअघि राष्ट्रपति ट्रम्पको मध्यस्थतामा भएको दोस्रो चरणको युद्धविरामपछिको सबैभन्दा ठूलो हमला रहेको दाबी गरिएको हो ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्