घरबाट लडेर वृद्धको मृत्यु
हेटौंडा, माघ २० । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा आफ्नै घरको माथिल्लो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
बागमती गाउँपालिका–५ लीलावनका ६४ वर्षीय दिलबहादुर घलानको घरको एक तलामाथिबाट लडेर मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा काम गर्ने क्रममा खसेर उनी घाइते भएका उनलाई तत्काल उपचारका निम्ति काठमाडौंस्थित केएमसी अस्पतालमा लगिएको थियो । तर उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार












