रुसमा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु
एजेन्सी । रुसको ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको बताइएको छ ।
दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार
















