ट्रम्प–सीबीचको टेलिफोन वार्ता, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।
उनीहरुबीच बुधबार टेलिफोन वार्ता भएको हो । त्यसक्रममा विशेष गरी इरानको अवस्थाबारे चर्चा गरिएको ट्रम्पले उल्लेख गरेका छन् ।
अमेरिकाले चीन र अरू राष्ट्रलाई इरानसँगको सम्बन्ध तोड्न दबाब दिइरहेको छ । ट्रम्पले सीसँगको आफ्नो सम्बन्ध निकै राम्रो रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
आउँदो अप्रिलमा बेइजिङ भ्रमण गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
चीनको आधिकारिक विज्ञप्तिमा भने भ्रमणबारे केही नखुलाई भविष्यमा हुने शिखर सम्मेलनबारे मात्र उल्लेख छ ।
ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रममा पूर्ण रोक लगाउन दबाब बढाइरहेको छ । गत जुनमा इजरायलसँगको १२ दिने युद्ध र अमेरिकी बमबारीले इरानका आणविकस्थलमा धेरै क्षति पुर्याइसकेको छ ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार
















