काठमाडौंबाट साढे १८ लाख नगदसहित एक जना पक्राउ
काठमाडौँ, माघ २३ । स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष गस्ती टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित उदयपुर घर भई कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो ।
बिहीबार बिहान करिब साढे ४ बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनलाई फेला पारेको थियो ।
बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार












