जापानमा सत्तारुढ एलडीपीलाई दुई तिहाई बहुमत



एजेन्सी। जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जीत हासिल गरेको छ ।

एलडीपीले ४६५ सदस्यीय संसदमा ३५२ सिट जित्दै दुई तिहाइ बहुमत पाएको हो ।
उक्त पार्टीले कुल सिटको ७५ प्रतिशत मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा पार्टीले सामान्य बहुमत समेत ल्याउन सकेको थिएन र मिलिजुली सरकार चलाइरहेको थियो । तर यस पटक एलडीपीले एक्लैले संसदमा पूर्ण नियन्त्रण पाएको छ ।

दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एक दलले संसदमा यति ठुलो बहुमत प्राप्त गरेको यो पहिलो अवसर भएको जनाइएको छ। यो नतिजालाई जापानको समकालीन राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्