६० लाख ठगी आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ



काठमाडौं । ६० लाख रुपैयाँ ठगेको आरोपमा एक प्रहरी हवल्दारसहित ४ जना पक्राउपक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सस्तोमा सुन मिलाइने भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सुनार सहितको टोलीले केही दिनअघि सस्तोमा सुन मिलाइदिने भने ६० लाख ठगी गरेको उजुरी परेको थियो ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका चारै जनामाथि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्