क्यानडाको हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु



एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज सहरको एक हाई स्कुलमा बुधबार बिहान अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

घटनामा मृत्यु हुनेमध्ये विद्यार्थी परेका छन् वा छैनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। गोली प्रहारपछि विद्यालय बन्द गरिएको छ भने सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा खटाइएको छ।

स्थानीय विधायक ल्यारी न्युफेल्डले स्थिति नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली परिचालन गरिएको बताएका छन्। उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका नागरिकलाई घरमै फर्केर सुरक्षित रहन अपिल गरेका छन्।

क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटनास्थल रहेको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्