बंलादेशमा बीएनपीलाई बहुमत, रहमान प्रधानमन्त्री बन्दै
काठमाडौँ । बंगलादेशको आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ ।
सञ्चार माध्यमका अनुसार कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले बिहीबार मतदान गरेका थिए । निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो ।
चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा थिए ।
लामो समय सत्तामा रहेको शेख हसिनाको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार
















