नेपाल बन्दको दिन त्रास फैलाउने प्रयास, भैरहवामा नक्कली बम फेला



बुटवल । नेकपा (बहुमत) ले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवास्थित लुम्बिनी गेट नजिक शंकास्पद वस्तु फेला परेको छ ।

बोराभित्र राखिएको उक्त वस्तुको बाहिरी भागमा कागज टाँसेर ‘नेपाल बन्द सफल पारौं’ लेखिएको देखिएपछि बम हुनसक्ने आशंकामा केही समय सो सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

सूचना पाएपछि घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले वस्तु डिस्पोज गर्दा उक्त वस्तु विस्फोटक नभई क्यान बियरको बोतलभित्र माटो र ढुंगा राखेर सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखिएको पाइएको हो ।

यसैबीच नेकपा (बहुमत) ले फागुन २१ गते हुने चुनाव बहिष्कार गर्न आह्वान गर्दै नेपाल बन्द गरेको जनाएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्