फ्रान्सका राष्ट्रपति म्याक्रोन भारतमा, आज मोदीसँग निर्णायक भेटवार्ता



एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र प्रथम महिला ब्रिगिट म्याक्रोन भारतको आधिकारिक भ्रमणका लागि सोमबार राति मुम्बई आइपुगेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति म्याक्रोनले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत आएका म्याक्रोन दम्पतीले मंगलबारदेखि शुक्रबारसम्म भारतको आधिकारिक भ्रमण गर्नेछन्।

राष्ट्रपति म्याक्रोनले मुम्बईमै प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यसपछि उनी भारतले आयोजना गर्ने ‘भारत एआई प्रभाव शिखर सम्मेलन २०२६’ मा सहभागी हुन दिल्ली जानेछन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्