सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने



काठमाडौं, फागुन ६ । सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले आफ्नो सेवा दिने भएको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्